Public Pana
हजुरबुवाको स्मृतिमा दाङका व्यापारी पाण्डेले बनाए १६ लाख खर्चेर उद्यन पार्क

दाङको घोराहीस्थित धारापानी मन्दिर परिसरमा युवा व्यवसायी सुनील पाण्डेले हजुरबुवाको स्मृतिमा करिब १५ लाख खर्चेर आधुनिक पार्कको निर्माण गरेका छन् ।

स्वर्गीय हजुरबुवा टंकेश्वर पाण्डेको स्मृति तथा बुवा शिव प्रसाद पाण्डे र आमा जानका पाण्डेको सम्मानमा पार्कको निर्माण गरेको पाण्डेले बताए ।

उनले  बुवाको नामबाट पार्कको नाम शिव पार्क नामाकरण गराएका छन् । रियल स्टेट व्यापारमा लागेर दाङको उदयीमान व्यापारीका रुपमा चर्चित पाण्डेले समाजिक सेवामा आफ्नो पनि योगदान होस भन्ने हेतुले पार्कको निर्माण गरिएको बताए ।

पार्कको सोमवार आयोजित बिशेष कार्यक्रम मार्फत धारापानी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

आफ्नो आम्दानीको केही हिस्सा सामाजिक सेवामा लगाउने उद्देश्यले गाँउ समाजको विकासका लागि आफुले सक्दो योगदान गर्दे आएको पाण्डेले बताए ।          

उनले यसअघि सिउजास्थित मन्दिरको बिकास लागि पनि ५ लाख रकम सहयोग गरेका थिए भने घोराहीमा प्रतिक्षालय बनाउन आर्थिक सहयोग गरेका थिए । 

park sunil1664859139.jpeg

 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update