Public Pana

गर्भावस्थामा महिलाले कस्ता कुरामा ध्यान दिनुपर्छ त ? गर्भावस्थाको सामान्यतः ९ महिनाको चक्रमा पहिलो ३ महिना र दोस्रो ३ महिना र अन्तिम ३ महिना भन्ने बुझिन्छ ।गर्भावस्थाको यो ९ महिने अवधिमा महिलाले बिशेषज्ञ ख्याल गर्नुपर्ने हुन्छ । बिशेष गरि गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैमा आउने गरेको हुन्छ । गर्भावस्थामा यदी शारिरीक सम्बन्ध राख्दा त्यसले कस्तो असर पर्न सक्छ ? गर्भाधारण गरेदेखी बच्चा नजन्मिएसम्मको अवस्थासम्म पुग्दा कुन समयमा शारिरीक सम्बन्ध राख्न मिल्छ ? यसै बिषयमा हामीले नर्भिक हस्पिटल थापाथलीस्थित नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्मासँग गरिएको भिडियो कुराकानी । 

गर्भावस्थाको पहिलो ३ महिना :

गर्भावस्थाको ९ महिना मध्ये शुरुको ३ महिना र अन्तिमको ३ महिनाको समयमा शारिरीक सम्बन्ध राख्न मिल्दैन, प्रिगेन्सीलाई ३ भागमा छुट्याउने गरिन्छ । पहिलो तीन महिना दोस्रो तीन महिना र अन्तिमको ३ महिना, पहिलो ३ महिनामा भ्रुणको भर्खेरै बिकास भइरहेको हुन्छ र यो बेला निकै संवेदनशील हुन्छ । यो चरणमा शारिरीक सम्बन्ध राख्दा गर्भपतन हुने सम्भवाना उच्च हुन्छ । यो बेला हर्मोनको सपोर्ट चाहिने भएका कारणले सकेसम्म यो ३ महिनाको अवधिमा हामीले शारीरिक सम्बन्ध नराख्न सल्लाह दिन्छौ । बिशेष गरी उच्च जोखिम समुहमा रहेका गर्भवती महिला, जसको पहिले गर्भपतन भइसकेको छ, अथवा कृतिम वा आइभिएफ प्रविधिबाट गर्भाधरण भएका दम्पत्तिलाई पहिलो ३ महिनासम्म शारिरीक सम्बन्ध नराख्न सल्लाह दिन्छौ । यो अवस्थामा शारिरीक सम्बन्ध राख्नु निकै जोखिमयुक्त र खतरपुर्ण पनि मानिन्छ ।

दोस्रो चरणको ३ महिना अर्थात ३ देखी ६ महिनाको समयावधि :

गर्भावस्थाको बिचको ३ महिना तुलनात्मक रुपमा अलि सुरक्षित मानिन्छ । तर यो अवधीमा यौन सम्पर्क राख्दा निकै सर्तकता अपनाउनुपर्छ । यो अवधिमा सकेसम्म योनिको भित्रसम्म लिङ्गलाई प्रवेश गराउनु हुँदैन, अर्थात डिप पेनिटेसन गर्नु हुँदैन । अनिवार्य रुपमा कण्डमको प्रयोग गर्नुपर्छ । किन भने यो अवधीमा यौन सम्पर्क गर्दा बिर्य वा लिङ्गबाट आउने तरल पदार्थले संक्रमण गराउन सक्छ जसले गर्दा पाठेघर र बच्चामा इनफेक्सन गराउन सक्छ । गर्भावस्थाको ३ देखी ६ महिना तुलनात्मक रुपमा सुरक्षित मानिएपनि उच्च सर्तकता अपनाउनुपर्छ । तर उच्च जोखिम समुहका गर्भावती महिलाले बिचको ३ महिनामा शारिरीक सम्बन्ध राख्नु हु“दैन ।

गर्भावस्थाको अन्तिम ३ महिना :

गर्भावस्थाको अन्तिम ३ महिना अर्थात ६ महिनापछिको चरण निकै संवेदनशील समय हो । यो चरणमा शारिरीक सम्बन्ध राख्नु निकै खतरापुर्ण मानिन्छ । गर्भाधारणको ७ महिनापछि पेट ठुलो भएको हुन्छ । बच्चा पनि तल आइसकेको हुन्छ, यौन सम्पर्क राख्दा बच्चालाई चोटपटक लाग्ने सम्भावना पनि हुन्छ । त्यसकारण गर्भावस्थाको अन्तिम अवस्थामा यौन सम्पर्क राख्नु हु“दैन । उच्च जोखिम समुहका गर्भवतीले झन यो अवस्थामा निकै सर्तकता अपनाउन जरुरी हुन्छ । त्यसकारण गर्भावस्थाको ३ महिनासम्म र अन्तिम ट्राइमेष्टरमा शारिरीक सम्बन्ध राख्नु हु“दैन । यो अवधीमा यौन सम्पर्क राख्नु निकै जोखिम र खतरानाक हुने गर्दछ ।

बच्चा जन्मेको कति समयपछि शारिरीक सम्बन्ध राख्न मिल्छ ?

डेलिभरीपछिको ६ हप्तासम्म यौन सम्पर्क राख्नु हु“दैन । सामान्यतः डेलिभरीपछि महिलाको शरीरलाई पुर्ववत अवस्थामा आउन कम्तीमा ६ हप्ता लाग्ने गर्छ । पाठेघरलाई आफ्नो ठा“उमा आउनलाई, योनिमा टाका वा सिलाई भएको छ भने त्यो निको हुनलाई कम्तीमा ६ हप्ता लाग्ने गर्छ । त्यसकारण डेलिभरीको ६ हप्तापछि शारीरिक सम्बन्ध राख्न मिल्छ तर परिवार नियोजनको अस्थाई साधनको प्रयोग अनिवार्य गर्नुपर्दछ । कतिपयले सोच्ने गर्दछ, महिवारी भएको छैन ६ महिना ८ महिनासम्म महिनावारी नहु“दासम्मका शारिरीक सम्बन्ध राख्दा बच्चा बस्दैन भन्ने धारणा छ । त्यो गलत धारणा हो, यदि महिवारी नहु“दा पनि  बिना कुनै साधनको प्रयोग शारिरीक समबन्ध राखियो भने बच्चा बस्ने सम्भावना हुन्छ । त्यसकारण डेलिभरीको ६ हप्तापछि शारिरीक सम्बन्ध राख्न मिल्छ तर अस्थाई साधनको प्रयोग गर्नु अनिवार्य हुन्छ नत्र आकस्मिक  गर्भाधारण हुन सक्छ ।

 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update