Public Pana
गुर्जुधारामा ट्रकसंग मोटरसाइकल जुध्यो: मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु, चालक घाइते

काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन्। गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै उपचार भइरहेको छ।

ना ५ ख ५७ ७७ नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल शुक्रबार बिहान सवा १० बजे ठोक्किएको हो ।  दुवै सवारी साधनसहित ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update