Public Pana
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए। 

'संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले स्वीकृत गरिएको छ,' समिति सभापति जबराले भने।

संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो।

संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए।

कार्की सर्वोच्च अदालतमा छोटो कार्यकाल नेतृत्व गर्नेछन् ।

आठ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी श्रावण २० गते अनिवार्य अवकाशमा जाँदैछन्।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update