Public Pana
हिन्दी फिल्म आदिपुरुषको संवादमा रहेको जानकी भारती छोरी भन्ने शव्द ३ दिनभित्र सच्चाउन मेयर बालेनको चेतावनी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरभित्रका सिनेमा घरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसवुकमा एक पोष्ट सेयर गर्दै मेयर शाहले यस्तो चेतावनी दिएका हुन् । 

उनले ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने माग गरेका छन् । उनले लेखेका छन्,  ुदक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।ु
चलचित्रमा रहेको उक्त शव्द सच्चाउनका लागि बालेनले ३ दिनको अल्टिमेटम समेत दिएका छन् । ३ दिनपछि बालेनको माग लागू भए के गर्ने भन्नेवारे भने उनले खुलाएका छैनन।उनको उक्त पोष्ट एक घण्टामा एक लाख भन्दा धेरैले लाइक गरेका छन भने बालेनको उक्त कदमलाई सवैले प्रशंसा गरेका छन् । 
मेयर बालेनको फेसवुस स्टाटस यस्तो छ । 

balen screenshot1686842192.jpeg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update