कर्मचारी आवश्यकतासम्बन्धी भ्रमपुर्ण सूचनामा नपर्न नेपाल टेलिकमको अपिल
कम्पनीको आधिकारिक सूचनालाई मात्र ग्रहण गर्न आग्रह
नेपाल टेलिकमले आफ्नो मातहतका शाखाहरुमा बिज्ञापन खोलिएको भन्दै सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
टेलिकमले सार्वजनिक सूचना जारी गर्दै केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीका नाम समेत जोडी फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सप लगायत सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
टेलिकमले कम्पनिको कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र राष्ट्रिय दैनिक, लोक सेवा आयोग र कम्पनिको वेबसाइटमा सार्वजनिक गर्ने गरिएकाले आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न अपिल गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १२:२३
प्रतिक्रिया दिनुहोस्