Public Pana
नयाँ मुख्य सचिवमा डा.बैकुण्ठ अर्याल नियुक्त

नेपाल सरकारको मुख्यसचिवमा डा.बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए। 
‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले भने, ‘दोस्रोपटक बसेको बैठक मुख्यसचिवमा वरिष्ठतम् सचिवमध्येबाट  बैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।’ 
बिहीबार नै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पदबाट शंकरदास बैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो। उनको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । 
अर्यालले शुक्रवारबाट अनिवार्य अवकाश पाउँदै थिए। तर, बिहीबार नै सरकारले उनलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update