Public Pana
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०÷८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नुहुने छ ।

उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update