प्रभु बैंकले बिद्युतीय गाडीमा छिटो छरितो प्रवाह हुने गरी ऋण लागनी गर्ने भएको छ ।
बैंकले लक्ष्मी कन्टिनेन्टल प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा तत्काल लागि यस्तो ऋण लगानी गर्ने भएको हो ।
लगानी सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कम्पनीले आयात गर्ने इलेक्ट्रिक गाडीहरु खरीद गर्नेलाई बैंकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा ऋण उपलब्ध गराउने छ।
गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकको देशभर ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ।
सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।