Public Pana
ओमानसंग आज अन्तिम अभ्यास खेल खेल्दै नेपाली पुरुष क्रिकेट टिम

नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ। 

आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम अन्तिम वार्मअप खेल खेल खेल्न लागेको हो।

आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ। सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ।

नेपाल यस अघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ। 

जसअनुसार नेपाल युएई तीन विकेटले पराजित भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पनि पराजित हुन पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update