Public Pana
भारतसँग आज खेल्दै नेपाली महिला क्रिकेट टोलीले

नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ।

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्र्तगत नेपाल आज भारत ए सँग खेल्दैछ ।

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ वाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ । 

उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update