Public Pana
आज प्रतिनिधिसभा बैठक बस्दै: बजेट माथी मन्त्रालयगत छलफल हुने, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ । 

आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । 

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । 

यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

Karyasuchi 2080 02.321686794950.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update