Public Pana
गुनासो समयमै सम्बोधन हुन नसक्दा टेलिकमप्रति आक्रोश थपिएकोः संचारमन्त्री रेखा शर्मा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई गुनासो सम्बोधन गर्ने काममा प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन्। 

नेपाल दूरसञ्चार प्राधिकणरले दाङको लमहीमा आयोजना गरेको लुम्बिनी प्रदेशमा दूरसञ्चारको बर्तमान अवस्था समस्या समाधानका उपायहरु विषयक् अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले सो निर्देशन दिएका हुन। 

सेवाग्राहीको गुनासो समयमै सम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोश थपिएकाले अविलम्ब गुनासो सम्बोधन गरेर समस्या समाधान गर्नेगरी प्रदेशमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन। उक्त कार्यक्रममा उनले भनेको छन “उही पुरानै शैलिले हुँदैन, जनगुनासो सम्बोधन गरेर सेवाग्राहीको समस्या तत्काल हल गर्ने र तत्काल समाधान हुन नसक्नेखालका समस्या भएमा पूर्व सूचना गर्ने परिपाटी बसालौं। लागत र जनशक्तिको हिसाबले यो काम त्यति ठूलो छैन।”

नेपाल सरकारको प्रवक्ता समेत रहेका शर्माले सरकारको नीति तथा कार्यक्रममा सन् २०२३ सम्म नेपालका सबै ठाउँमा सञ्चार सुविधा लग्ने लक्ष्य लिएकाले लक्ष्य प्राप्तीका लागि समयतालिका बनाएर काम गर्न आवश्यक रहेको बताए। 

पालिकाका केन्द्रसम्म मात्रै सञ्चार सुविधा लगेर नपुग्ने भन्दै उनले नेपालको कुनाकन्दरा गाउँबस्तीमा सञ्चार सुविधा पुर्याउन आवश्यक रहेको बताए। शर्माले भने, “पातलो बस्ती छ, थोरै घर छन् भनेर हामी पन्छन मिल्दैन, सामाजिक उत्तरदायित्वको हिसाबले पनि हामी सबैलाई सञ्चार सुविधा उपलव्ध गराउनु पर्छ, यो कामका लागि आजैदेखि समयतालिका बनाएर काममा लाग्नुस् ।” 

प्रदेश राजधानी जिल्ला भनेर चिनिने दाङको नाका क्षेत्र, बंगालाचुली र उपश्चिम दाङको गंगटे क्षेत्रमा अझै पनि टेलिफोन सेवा प्रभावकारी नभएको। मन्त्री शर्माले भने, “हाम्रो राजधानीको जिल्लामा सञ्चार सुविधा पुग्न सकेको छैन, लुम्बिनीको पहाडी क्षेत्रमा समस्या झन बढी छ, सेवाग्राहीको गुनासो सुनेर हल गर्नेगरी गुणस्तरीय सेवा पर्याउन आवश्यक छ।” 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update