Public Pana
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका  छन्। नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो। 

छनोट हुनेमा पुरुष/महिलामा समान चार चार गरी आठ खेलाडी छन्। पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जङ्गबहादुर सारू र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भएको नेपाल जुडो सङ्घले जनाएको छ। 

यस्तै महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता सुनिश्चित गरेका हुन। इन्द्र र देवकी सहोदर दाजु-बहिनी हुन। इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का खेलाडी हुन। 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update