Public Pana
प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ

 नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन । 

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो ।

सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवास मै पुगेर कालोमोसो दलेका थिए । जसको सर्वत्र आलोचना भएको थियो । नेबिसंघ केन्द्रिय कार्यालयले उक्त घटनामा संलग्नहरु आफनो कार्यकर्ता नभएको भन्दै जिम्मेवारीवाट पन्छिएको थियो । 

तर, पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिए पछि प्रहरीले उनलाई ब्यापक खोजी गरेको थियो । मोरङ र सुनसरी दुवै प्रहरी टिमले उनको खोजी गरिरहेको बेला आज बिहान पक्राउ परेका हुन । 

सुनसरीका प्रहरी प्रमुख एसपी ढकालका अनुसार कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेको जनाउँदै सबैलाई पक्राउ गरिने जानकारी दिए । 

विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update