Public Pana
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको भोलि संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार अन्तिम संसदीय सुनुवाइ हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । 

बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले बिहीबार कार्कीलाई बोलाउने निर्णय गरेको हो । बिहीबार कार्कीलाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ । 

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुुसार बिहीबार समितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ । 

आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update