Public Pana
सेयर बजार १६.४२ अंकले बढ्यो

सेयर बजार १६.४२ अंकले बढेको छ । बुधबार नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा आएर बजार बन्द भएको हो । 

१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढ्दा ९१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

साथै  ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update