Public Pana
संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताद्वारा छलफल बहिस्कार

 संसदीय सुनुवाइ समितिको वैधानिकतामा प्रश्न उठाइएको छ । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।
 
तर, उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । नियमावली राजपत्रमा प्रकाशिक नभई संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकीर छ । 

उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरेर छलफलमा सहभागी भएनन् । 

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।
 
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update