Public Pana
राष्ट्रपति रामचन्द्र पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन ।

मुटुमा समस्या देखा परेपछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज बिहान ८ बजे डिस्चार्ज भएका हुन। अस्पतालले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए। उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो।
उनी आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।

ramchandra poudel hospital1686718590.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update