Public Pana
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]

काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

maitighar 31686663564.jpg

मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ ।pmaitighar 11686663567.jpg

आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update