गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्