Public Pana
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। 
प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए। 
उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो। रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ। 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update