Public Pana
एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।
 
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन । 
 
यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।
 
 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update