काठमाडौं महानगरपालिकाले गर्यो दुई अस्पताल सिल: दर्ता नगरी सञ्चालनमा रहेको
काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ ।
सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० २१:०४
प्रतिक्रिया दिनुहोस्