Public Pana
बाँकेको मान खोलामा डुबेर दुईको मृत्यु

बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।

खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवैजनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update