Public Pana
मुम्बईमा दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ बाट सात नेपाली युवा बिभुषित

सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’बाट विभुषित भएका छन्। 

अवार्डको विदेशी विधाअन्तर्गत विभुषित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोईराला, गायक बिनोद ढकाल, श्रष्टा एवं अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन्। 

मुम्बईका एशिपी शशिकान्त मनेको प्रमुखको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, टिवन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो। अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई  नेपालकोतर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफु विमर्शमा रहेको बताए।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update