Public Pana
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटना, कारमा सवार ८ जनाको मृत्यु

स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्यूठानमा दुर्घटना भएको छ। 

स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको हो। कार चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका –५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन।

कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर तल्लो घुम्टीमा पुगेको थियो। कार झण्डै ५० मिटर तल खसेको हो। उनीहरु सबै कारमा च्यापिएका थिए।

दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन्। 

यात्रुहरू दाङको नारायणपुरबाट तीर्थयात्राका लागि स्वर्गद्वारी गएकाे जानकारी प्राप्त भएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update