Public Pana
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने

नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला मर्हजन चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि छनोट भएका छन्। 

नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट भएका हुन।

छनोटमा प्रिन्स र रसिलासहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका हुन।

सङ्घले बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट गरेको छ।

चारै खेलाडी पहिलो पटक एसियाडका लागि छनोट भएका हुन।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update