Public Pana

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update