प्रधानमन्त्री दाहाल दम्पत्ति स्वाथ्य परीक्षणका लागि नर्भिकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालसहित नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक इन्टरनेशनल हस्पिटल पुग्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो मुटुसम्बन्धमा विस्तृत परीक्षण गराउ“दै हुनुहुन्छ भने उहा“को पत्नीको पिसावसम्बन्धी समस्याको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहाललाई बरिष्ठ मुटुरोग बिशेषज्ञ यादव भट्ट, जेपी जैसवालसहितको टिमले स्वास्थ्य परीक्षण गरिरहेको छ ।
प्रधानमन्त्री पत्नी सिताको स्वास्थ्य परीक्षण र उपचारमा बरिष्ठ यरो सर्जन भरत भण्डारी संलग्न भएको बताइएको छ । प्रधानमन्त्री दम्पत्ति नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक आउनुभएको उहा“को सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १६:३३
प्रतिक्रिया दिनुहोस्