प्रश्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई बिहीवार हुने
संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।
यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन् ।
यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १५:१०
प्रतिक्रिया दिनुहोस्