Public Pana
आलु प्याज पनि विदेशबाट आयात गर्ने? आफैँ उत्पादन गरेर खानु पर्‍यो! अर्थमन्त्री डा. मडत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताउनुभयो। राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले भन्नुभयो, ‘‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो ।’’

आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्ने समेत बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘‘आलु प्याज पनि विदेशबाट आयात गर्ने ? आफैँ उत्पादन गरेर खानु पर्‍यो!’’ 

यसैगरी, अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update