तरबुजा प्रतिकेजी ४० रूपैयाँ: हेर्नुस तरकारी तथा फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य ५०, आलु रातो ३८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली ८०, कागती १६० रुपैयाँ, चमसूरको साग रू१००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १०:३०
प्रतिक्रिया दिनुहोस्