Public Pana
अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

अस्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटा नजिकै दुर्घटना हुँदा सो हताहती भएको हो । दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

यात्रुहरू आइतबार राति विवाहबाट फर्किरहेका थिए । प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ। बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान र आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्उक्त गरेका छन्। 

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update