Public Pana
औषधी उद्योगलाई संरक्षण गर्छुः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ।

उहाँले देश औषधि तथा खाद्यान्नमा आत्मनिर्भर भएमात्र विकास हुने बताउनुभयो। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो। 

उहाँले सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने बताउनुभयो। मन्त्री बस्नेतले उद्योगीलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गर्नुभयो। 

उहाँले औषधि उद्योगलाई नियमन गर्नुपर्ने भन्दै भएकालाई संरक्षण गर्दै जानुपर्ने बताउनुभयो। मन्त्री बस्नेतले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेर जनतालाई सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।  

कार्यक्रममा औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपालमा औषधि उत्पादनको इतिहासबारे जानकारी गराउनुभएको थियो। उहाँले नेपाली औषधि उद्योगले समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर गराउन नेपालमै उत्पादन भएका औषधि आयात बन्द गर्नुपर्ने बताउनुभयो। 

दाहालले औषधिमा आन्तरिक र बाह्य चुनौतीका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रर्वद्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। ढकालले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताउनुभयो। 

उहाँले सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताउनुभयो। कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि गुणस्तरयुक्त रहेको बताउनुभयो। पाण्डेले आयातीत सामानलाई मात्रै विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उधोग फस्टाउन नसकेको बताउनुभयो। 

कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली उद्योगले भोगिरहेका समस्या र चुनौती अनेक भएकाले उद्योगी र सरोकारवाला निकाय एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

zzz1686506181.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update