Public Pana
चितवनमा गैँडाको आक्रमणबाट मानिसको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो । 

आक्रमणबाट भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुरका झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गैंडाको आक्रमणपछि झन्डिलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update