Public Pana
पानी नपरेकाले भ्यागुताको विवाह गराईयो

भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ।

लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन्।

आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ। शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो। 

बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो। 

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन्।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update