Public Pana
प्रधानमन्त्रीविरुद्धको रिट सर्वोच्चमा दर्ता, युद्व अपराधको मुद्धामा कारवाही गर्न माग

 प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएको छ । writ 11686476674.jpg

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए । tarek parcha1686476698.jpg

नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ । 
आइतबार दर्ता भएको उक्त रिटमाथि मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update