Public Pana
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ। विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । 

टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update