Public Pana
समाजवादी प्रेसको अध्यक्षमा विश्वमणी निर्वाचित

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन्। 

शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने खुला उपाध्यक्ष: नवराज छत्कुल्ली, महिला उपाध्यक्ष:अस्मिता गिरी, उपाध्यक्ष सुदुरपश्चिम: नरेन्द्र भट्ट, महासचिव: रामकुमार एलन, उपमहासचीव: प्रेम गौतम, प्रतिज्ञा बुढा मगर, लेखनाथ सिकारु, सचीव (खुला): शिव प्रसाद ढुंगाना, अनिल शाही, पुर्ण ब. कार्की, सचिव (महिला): क्रान्ति न्यौपाने, सचिव (दलित): प्रदिप नेपाली, कोषाध्यक्ष:कृपा भण्डारी लगायत निर्वाचित भएका छन् । 

सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उदघाटन भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update