Public Pana
कालिकोटमा जीप दुर्घटना, चालक सहित ३ जनाको मृत्यु

कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो । उनका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

 

 

 

सो दुर्घटना कसरी भयो, त्यो हालसम्म नखुलेको उनले जनाएका छन् । अनुसन्धान जारी रहेकाे उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update