Public Pana
प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन निरीक्षण गरेका छन् । 

त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए। सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि दर्शन गरेका हुन्। उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन्।

उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए ।   

 

 

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए । उक्त निरीक्षण अवलोकनमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि सहभागी थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update