Public Pana
तिलगंगाले सम्झियो आँखादान गर्नेलाई, हरिबंशले सम्झिए दिवगंत पत्नीलाई

मरणोपरान्त आँखाको नानीदान गरी अमरत्व प्राप्त गर्नेहरूको सम्झनामा गौशालास्थित तिलगंगा आँखा अस्पतालमा आज एक समारोहका बीच बिशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।eye donated 21686404659.jpeg

श्रद्धाञ्जली सभामा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रूइत र  हास्यकलाकार हरिवँश आचार्यको आतिथ्यतामा हजारौंको सँख्यामा आँखाको नानीदानकर्ताका प्रियजन आफन्त तथा आँखाको नानी प्राप्त गरि अहिले आँखा देख्न सक्ने महानुभावहरूको उपस्थिति रहेको थियो।eye donated 31686404657.jpeg

तिलगँगा आँखा अस्पताल परिसमा भएको सभामा आँखाका नानीदान गरि अमरत्व प्राप्त गर्ने महानुभावहरूको नामको शिलालेख अगाडी सहभागीहरूले दिप प्रज्वलन गरि, फुलमाला, खादा चढाई दिवंगत आत्माहरूको चीरशान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

आँखाका नानी प्राप्तकर्ताहरूले संसार हेर्ने पाएकोमा खुशी साट्दै दानकर्तालाई स्मरण गर्दै धन्यवाद व्यक्त गरेका थिए।

सभामा हरिवँश आचार्यले आफ्ना स्वर्गवासी पूर्व पत्नि मिरा आचार्यको आँखाको नानीदान गरेकोमा उनको आँखाले थप अरु चार जनाले आँखा हेर्न सकेको देख्दा स्वर्गमा आफनी धर्मपन्तीलाई पनि खुशी लागेको हुनुपर्छ भन्दै दिवंगत  पत्निको स्मरण गरेका थिए । 

 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update