Public Pana
टोकियो नजिकैको एयरपोर्टमा दुई बिमान ठोक्किए, मानवीय क्षति भने हुन पाएन

जापानको राजधानी टोकियो नजिक हानेदा अन्तर्राष्ट्रिय बिमानस्थलमा शनिबार दुईवटा जेट बिमान ठोक्किएका छन् । समाचार संस्था एनएचकेका अनुसार हानेदा एयरपोर्टसको ट्याक्सयीवे नजिक ११ बजे इभा एयर र थाई एयरवेजको विमान ठोक्किएको हो।
दुवै बिमानमा गरि कुल ४७१ यात्रु सवार थिए। चालक दल समेत इभा एयरमा २०७ जना र थाई एयरमा २६४ जना यात्रु सवार थिए। हालसम्म कुनैपनि यात्रुहरुलाई चोटपटक लागेको समाचार प्राप्त भएको छैन्। बिमान ठोक्किए पनि ठुलो दुर्घटना टरेको हो।

भिडियो फुटेजहरूका अनुसार दुई बिमानहरू एक आपसमा ठोक्किंदा बिमानको पछिल्लो भागमा गम्भिर क्षति पुगेको छ। थाई एयरवेजको बिमानको पखेटाको भाग उछिट्टिएको र नजिकैको धावनमार्गमा भग्नावशेष देखिएको छ।

सार्वजनिक भएका भिडियोहरूमा बिमानका पंखा टुक्रिएर उछिट्टीएको तथा बिमानको पछिल्लो भागमा यात्रु झ्याल नजिक प्वाल परेको देखिएको छ। रनवे नजिकै खसेका बिमानका टुक्राहरु बिमानस्थल कर्मचारीहरूले उठाउँदै गरेको देखिन्छ।

घटना भएपछि करिब २ घण्टा रनवे बन्द गरिएको थियो । घटनाका कारण अन्य बिमानहरूको उडान तालिका प्रभावित भएका थिए हाल बिमानस्थल सुचारू भएको छ।  
बिमान कसरी ठोक्किन पुगे भनेर पत्ता लगाउन अनुसन्धान अगाडि बढाईएको कुरा अधिकारीहरूले बताएका छन्।

 

japan aircraft 21686383787.png

japan aircraft 31686383788.png

 

 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update