Public Pana
जापानको हानेदा अन्तर्राष्ट्रिय बिमानस्थलमा शनिबार दुईवटा बिमान ठोक्किएका छन्, क्षतिको विवरण आउन बाँकी

जापानको राजधानी टोकियो नजिक हानेदा अन्तर्राष्ट्रिय बिमानस्थलमा शनिबार दुईवटा बिमान ठोक्किएका छन् । समाचार संस्था एनएचकेका अनुसार हानेदा एयरपोर्टसको ट्याक्सयीवे नजिक ११ बजे इभा एयर र थाई एयरवेजको विमान ठोक्किएको हो।

भिडियो फुटेजहरू अनुसार दुई बिमानहरू एक आपसमा ठोक्किंदा बिमानको पछिल्लो भागमा गम्भिर क्षति पुगेको छ।

थाई एयरवेजको बिमानको पखेटाको भाग उछिट्टिएको र नजिकैको धावनमार्गमा भग्नावशेष देखिएको छ।

हालका लागि रनवे बन्द गरिएको छ। घटनाका कारण अन्य बिमानहरूको उडान तालिका प्रभावित भएको छ।  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update