Public Pana
राजश्‍व संकलन अनुमान अविश्‍वसनीय: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वनीय र व्यय इच्छाप्रेरित रहेको बताएका छन् । उनले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा विशेष महत्व हुने भन्दै दुबैको तादम्यता र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन मद्दत गर्ने बताए 

'विगत २ वर्षमा वित्त र मौद्रिक नीतिबीच समान्जस्यता टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको सर्वविदितै छ' वाग्लेले भने, 'गत वर्ष कुल गाह्रस्थ उत्पादनको ३४ प्रतिशतको बजेट आएको थियो । मध्यावधि समीक्षामा त्यसलाई स्वाट्टै घटाइयो । अहिले त्यो सुकेर २७ प्रतिशतमा झरेको छ '

यस्तै उनले एक वर्षबाट अर्को वर्षको बजेटको आकारमा ६ प्रतिशत अंक कम आउनुले बजेटको अंकलाई विश्वासनीय नबनाउने टिप्पणी गरेका थिए 

Swarnim-Wagle-11686330001.jpg

साथै भूकम्पछि देखा परेको समस्या व्यवस्थापन गर्न नसकेका कारण अहिलेको समस्या उत्पन्न भएको पनि उनको भनाइ थियो 'भूकम्पपछि पुनर्निर्माणका कारण ह्वात्तै बढेको बजेटलाई हामीले व्यवस्थापन गर्न सकेका छैनौं । हामी अनुकूल समयको खोजीमा बसेको भान हुन्छ । संघीयताको कारण पनि केही बजेट बढेको छ,' सांसद वाग्लेले भने 

अहिलेको सरकारलाई बजेटमार्फत विश्वानीयता आर्जन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औल्याएका थिए 

'फ्रेस म्यान्डेटबाट संसद्‍ र सरकारले केही अप्रिय र बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा थियो तर त्यस्तो गरेको देखिँदैन,' वाग्लेले भने, 'अर्थमन्त्रीले अवसर गुमाउनुभयो । झारफुक होइन सर्जरी नै गरौं भन्ने थियो । अर्थमन्त्रीले एकै पटक सर्जरी गर्दा मर्ला नि भन्नुभयो । आधारभूत सुधारको अवसर गुएका छौं '

यस क्रममा उनले सुकेको व्यापार, गुमाइएको रोजगारी, जोखिममा परेको लगानीले फैलिएको निराशाको उपचार गर्न नसकेको बताए 

'राजश्वको संकलनको अनुमान अविश्वानीय हो,' उनले भने, 'सार्वजनिक वित्तमा रहेको यो अविश्वासलाई सफलतापूर्वक अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती हो '

कर प्रणालीमा सुधार गर्ने विषय भने पनि सबै करको वृद्धिदर २४.३७ प्रतिशत भनेको भन्दै वाग्लेले भने, 'यस्तो हावादारी प्रोजेक्सनको आधारमा बजेट निर्माण गरिएको छ । अर्थ मन्त्रालयबाट न्यूनमत प्रोफेस्नलिज्म हुन्छ भन्ने अपेक्षा गरिएको थियो त्यो देखिएन '

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update