Public Pana
गर्मी बढेपछि सामुदायिक विद्यालय पनि बन्द हुने

सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालय एक साताका लागि बन्द भएकोमा  शुक्रबारदेखि सामुदायिक विद्यालय पनि असार १ गतेसम्म बन्द हुने भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार पत्राचार गर्दै असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको हो । साथै गर्मी बढेकाले विद्यार्थीको सिकाई अनुकूल नभएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update