Public Pana
पोखरीमा डुबेर बालकको मृत्यु

गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब पाँच बजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक गुरुङ हाल गोरखा नगरपालिका वडा न. ६ ढाडगाउँमा मामासँग बस्दै आएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update