Public Pana
नेपालगञ्जमा गर्मी बिदा जेठ ३१ सम्म थपियो

नेपालगञ्जमा गर्मी बिदा फेरि थपिएको छ । गर्मी अत्याधिक बढेपछि जेठ ३१ गतेसम्म बिदा थप गरिएको हो।

यस अघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा पुनः२६ गतेसम्म थपिएको थियो । शुक्रवार फेरि चार दिन बिदा थपिएको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ  ।

nepalgunj school 80-2-261686322836.jpg

 

दिन प्रति दिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले चालू शैक्षिक सत्रको गर्मी बिदामा समायोजन हुने गरि जेठ २७ देखी ३१ गतेसम्म पुनः बिदा थप गरिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा आगामी पाँच दिन तातो हावा (लु) यथावत रहने देखिएको र जिल्ला प्रशासन कार्यालय बाँकेबाट समेत पूर्व सावधानी अपनाउन सार्वजनिक जारी भएकाले बिदा थपिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update