Public Pana
कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला

कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् ।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए । उनले मृत्युको कारण नखुलेको बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update